रास्वपाको केन्द्रीय समिति बैठक सुरु, गृहमन्त्रीबारे के गर्ला निर्णय ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको छ।
- बैठकमा महाधिवेशन कार्यविधि, विधान संशोधन र सांगठनिक सुदृढीकरणका विषयमा छलफल भइरहेको छ।
- गृहमन्त्री सुधन गुरुङको विवादित व्यापारिक लगानीको विषयमा पनि बैठकमा छलफल हुने भएको छ।
काठमाडौँ । सचिवालय बैठकले गरेको निर्णय अनुमोदनसहित ९ बुँदे एजेन्डामाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो सवा ४ बजेदेखि बैठक सुरु भएको हो ।
बैठकको मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ । यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा विमर्श हुने सह–महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । तर पहिल्यै एजेन्डा तय भएपनि पार्टीका सांसद तथा गृहमन्त्री सुधन गुरुङको व्यापारिक दीपक भट्टसँग व्यापारिक (सेयर) लगानी रहेको तथ्य बाहिरिएपछि त्यसबारे पनि छलफल हुने आचार्यले बताए ।
‘प्रश्न उठेपछि पार्टीले जवाफ दिनुपर्छ । गृहमन्त्रीको सम्बन्धबारे कति सत्य हो वा होइन, त्यसबारे केन्द्रीय समिति बैठकमा छलफल हुन्छ’, उनले भने ।
आचार्यका अनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ । आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन मिति तय, समानुपातिक सांसदहरूको जिम्मेवारी, पार्टीको प्रवास विभाग प्रमुखमा सचिवालय सदस्य दीपक बोहराको नियुक्त लगायत निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण