यूएईसहितका खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला
सारांश
- सरकारले यूएईसहित खाडीका विभिन्न मुलुकका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ।
- सुरक्षा संवेदनशीलताका कारण लगाइएको अस्थायी प्रतिबन्ध परिस्थितिमा सुधार आएसँगै हटाइएको हो।
- यस निर्णयसँगै अब साउदी, कतार, कुवेतसहितका १० मुलुकका लागि सबै प्रकारका श्रम स्वीकृति पूर्ववत रूपमा जारी हुने भएका छन्।
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि लगाइएको अस्थायी प्रतिबन्ध हटाएको हो ।
मन्त्रालयको निर्णयसँगै अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा उत्पन्न विषम परिस्थितिका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी रूपमा रोक लगाएको थियो ।
परिस्थितिमा सुधार आएसँगै श्रमिकहरूको हित र मागलाई ध्यानमा राखी पुनः श्रम स्वीकृति खुला गरिएको विभागको सूचनामा उल्लेख छ ।
अन्य देशहरूको हकमा श्रम स्वीकृति पूर्ण रूपमा खुला गरिए पनि इराकको सन्दर्भमा भने मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णय बमोजिम नै हुने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
यस निर्णयसँगै श्रम स्वीकृतिको पर्खाइमा रहेका हजारौँ युवाहरू लाभान्वित हुने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
-
पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
-
स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते
-
महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण