संसदीय समितिले गृहमन्त्रीलाई छलफलका लागि बोलाउने
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले महत्त्वपूर्ण समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार बसेको समितिको यो बैठकले विशेषगरी मनसुनजन्य विपद्को पूर्वतयारी र समाजमा बढ्दै गएको किशोरीमाथिको साइबर बुलिङलाई मुख्य एजेन्डा बनाएको हो।
समितिले आगामी वैशाख १० गते गृहमन्त्री सुधन गुरुङलाई बोलाएर विपद् व्यवस्थापन र साइबर सुरक्षाका विषयमा विस्तृत छलफल गर्ने तय गरेको छ। बर्खायाम नजिकिँदै गर्दा हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि सरकारले कस्तो प्रतिकार्य योजना बनाएको छ भन्नेबारे समितिले जवाफ माग्ने भएको छ।
साथै पछिल्लो समय प्रविधिको दुरुपयोग गरी किशोरीहरूलाई मानसिक तनाव दिने र सामाजिक रूपमा अपमानित गर्ने साइबर बुलिङका घटना बढेकाले यसको कानुनी उपचार र नियन्त्रणका उपायबारे पनि गृहमन्त्रीसँग विमर्श गरिनेछ।
समिति सभापति जयन्तीदेवी राईका अनुसार गृहमन्त्रीसँगको छलफल लगत्तै किसानहरूले भोग्दै आएका मल, बीउ र बजारका समस्याबारे पनि सम्बन्धित पक्षसँग संवाद अघि बढाइनेछ। सङ्घीयता कार्यान्वयनको अवस्था र तहगत संरचनाका जटिलता सुल्झाउन समितिले छुट्टै कार्ययोजना निर्माण गरिरहेको जानकारी पनि उनले दिइन्।
बैठकले समितिको कार्यसम्पादनलाई थप प्रभावकारी र चुस्त बनाउन तीन वटा उपसमितिहरूको पुनर्गठन गरेको छ। सङ्घीयता सबलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमिति तथा सामाजिक न्याय उपसमितिलाई नयाँ स्वरूपमा विस्तार गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण