इलाम गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश
इलाम । यहाँ जारी तेस्रो इलाम गोल्डकपअन्तर्गत सोमबार मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एन पेनाङ मलेसियालाई टाई ब्रेकरमा हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
सोमबार भएको खेलमा मच्छिन्द्रले एन पेनाङलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित ९० मिनेटको अवधिमा दुवै तर्फबाट गोल नभएपछि टाई ब्रेकरमा निर्णय लिइएको थियो । मच्छिन्द्रका सनिश श्रेष्ठ, मिलन चाम्लिङ र देवेन्द्र तामाङले गरेको प्रहार गोलमा परिणत भएको थियो । एन पेनाङका ओलाए र पाउलले गोल गरेका थिए ।
खेलमा म्यान अफ दी म्याच मच्छिन्द्र क्लबका गोलकिपर प्रदीप भण्डारी घोषित भएका छन् । उनले ट्रफी र रु आठ हजार एक नगद पुरस्कार प्राप्त गरेका हुन् । मङ्गलबार अन्तिम क्र्वाटरफाइनल खेलअन्तर्गत एनआरटी र चित्लाङ फुटबल क्लब काठमाडौँबिच प्रतिस्पर्धा हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ ।
यही वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा आठ वटा टिमको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण