फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक
सारांश
- फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावत पाँच दिनका लागि रोकिएको छ।
- पदमार्ग स्तरोन्नति हुँदै गरेकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।
- गाउँपालिकाले खच्चड व्यवसायीलाई आवतजावत बन्द गर्न अनुरोध गरेको छ।
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक लगाइएको छ । उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले पाँच दिनका लागि खच्चड ओहोरदोहोर गर्नरगराउन रोक लगाइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले गाउँपालिकाको वडा नं ५ राना गाउँस्थित फिलिम–लार्केपास पदमार्गमा ढलान तथा रेलिङ निर्माणका लागि भइरहेकाले मङ्गलबार (आज) देखि खच्चड हिँडाउन बन्द गर्न लागिएको जानकारी दिए ।
“वैशाख ८ गतेदेखि १२ गतेसम्म खच्चड आवतजावत गराउनुपरे वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ, पैदलमार्ग स्तरोन्नति सम्पन्न भए लगत्तै पुनः सहज बनाइनेछ”, उनले भने ।
चुमनुब्री गाउँपालिकामा अहिले पनि दैनिक उपभोग्य वस्तु खाद्यान्नलगायत निर्माण सामग्रीसमेत खच्चडबाट ढुवानी गराउनुपर्ने बाध्यता रहँदै आएको छ । गाउँपालिकाले खच्चड व्यवसायीलाई पनि पाँच दिनका लागि खच्चड आवतजावत बन्द गरिदिन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
-
शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण