प्रहरी संगठनको बदनाम गर्न खोजेको आरोपमा वरिष्ठ नायव निरीक्षक जबरा निलम्बित
मङ्गलबार, ०८ वैशाख २०८३, १० : ३१
सारांश
- धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरा निलम्बनमा परेका छन्।
- प्रहरी संगठन र नेतृत्वको छवि धमिल्याउने उद्देश्यले गलत अडियो तयार पारेको आरोप उनीमाथि लागेको छ।
- प्रहरी नियमावली अनुसार मधेस प्रदेश प्रहरी कार्यालयले उनीमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको छ।
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ । आफ्नै कार्यालय प्रमुख र प्रहरी संगठनकै बदनाम गराउने उद्देश्यले गलत कार्य गरेको ठहर गर्दै मधेस प्रदेश प्रहरी कार्यालयले उनीमाथि कारबाही सुरु गरेको हो ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले एक प्रेस विज्ञप्ति जारी गर्दै सई जबराले एक व्यवसायीलाई आफैंले फोन गरी बनावटी कथा रचेर अडियो तयार पारेको जनाएको छ । उक्त फेक अडियोलाई सार्वजनिक सञ्चार माध्यममार्फत प्रसारण गराएर प्रहरी संगठन र नेतृत्वको छवि धुमिल बनाउन खोजेको आरोप उनीमाथि छ ।
प्रहरी आचरणविपरीतको यस्तो गम्भीर कार्य गरेको पाइएपछि उनलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको हाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण