एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन : नेपालको मानवअधिकार अवस्था अझै पनि चुनौतीपूर्ण
सारांश
- एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा नेपालको मानवअधिकार अवस्था अझै पनि चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ।
- प्रतिवेदनले संक्रमणकालीन न्यायमा ढिलाइ, अभिव्यक्ति स्वतन्त्रतामा प्रहार, जातीय विभेद र श्रमिकका अधिकार हनन् जस्ता विषयलाई गम्भीर रूपमा उठाएको छ।
- सरकारले नागरिकका आधारभूत अधिकारको रक्षा गर्न र द्वन्द्वपीडितलाई न्याय दिलाउन आवश्यक कदम चाल्न एम्नेस्टीले आग्रह गरेको छ।
काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले नेपालको मानवअधिकार अवस्था अझै पनि चुनौतीपूर्ण रहेको औँल्याएको छ। मंगलबार राजधानीमा सार्वजनिक गरिएको प्रतिवेदनमा सन् २०२५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्मको घटना र प्रवृत्तिगत विश्लेषण गर्दै नेपालमा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार र शान्तिपूर्ण भेला हुन पाउने नागरिकको अधिकार सङ्कुचित हुँदै गएको उल्लेख गरिएको छ।
प्रतिवेदनले विशेषगरी नेपालको संक्रमणकालीन न्यायको प्रक्रियामा भएको ढिलाइलाई प्रमुखताका साथ उठाएको छ। द्वन्द्वपीडितहरूले पाउनुपर्ने सत्य, न्याय र परिपूरणको अधिकार अझै पनि असम्बोधित रहनुले दण्डहीनतालाई प्रश्रय दिएको एम्नेस्टीको निष्कर्ष छ।
यसका साथै, देशभरका कारागारहरूमा कैदीबन्दीहरूको आधारभूत अधिकार हनन् भएको, समाजमा जातीय विभेद र लैङ्गिक हिंसाका घटनाहरू यथावत् रहेको र आदिवासी जनजातिहरूको थातथलो र अधिकारमाथि प्रहार भइरहेको विषयलाई प्रतिवेदनले गम्भीर रूपमा औंल्याएको छ।
आर्थिक र सामाजिक अधिकारको क्षेत्रमा पनि नेपालको अवस्था सन्तोषजनक नरहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले नागरिकका लागि आवासको अधिकार कार्यान्वयन गर्न असफल भएको प्रतिवेदनमा उल्लेख छ।
विशेषगरी वैदेशिक रोजगारीमा जाने आप्रवासी श्रमिकहरूमाथि हुने ठगी र कार्यस्थलमा हुने दुर्व्यवहारका घटनाहरूले नेपाली श्रमिकहरूको असुरक्षित अवस्थालाई चित्रण गरेको छ। एम्नेस्टीले कुनै पनि देशको स्थान निर्धारण नगरे पनि नेपालको मानवअधिकारको समग्र प्रवृत्ति र स्वरूपको विश्लेषण गर्दै सुधारका लागि गम्भीर ध्यानाकर्षण गराएको छ।
विश्वव्यापी सन्दर्भमा हेर्दा, सन् २०२५ मा नेपालसहित १४४ देशको अवस्थालाई समेटिएको यस प्रतिवेदनले विश्वभर नै अधिनायकवादी अभ्यासहरू तीव्र भएको र विमतिको स्वरलाई दबाउन कानुनको दुर्व्यवहारपूर्ण कार्यान्वयन भइरहेको देखाएको छ।
एम्नेस्टीका महासचिव आग्नेस कालामारका अनुसार विश्वमा नरसंहार, युद्ध अपराध र मानवता विरुद्धका अपराधहरू बढ्दै गएका छन् भने प्रविधिको प्रयोगमार्फत डिजिटल दमन र कृत्रिम बुद्धिमत्ताबाट मानवअधिकारमा नयाँ खतराहरू सिर्जना भएका छन्।
यस विषम परिस्थितिलाई सम्बोधन गर्न एम्नेस्टीले नेपाल सरकारलाई नागरिक अवज्ञाका शान्तिपूर्ण कार्यहरूलाई अपराधीकरण गर्न बन्द गर्न र विरोध प्रदर्शनका क्रममा भएका उल्लङ्घनहरूको जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण