बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बिहीबार हुँदैछ इजरायल–लेबनान वार्ता

मङ्गलबार, ०८ वैशाख २०८३, १६ : २९
मङ्गलबार, ०८ वैशाख २०८३

तेल अभिभ । इजरायल र लेबनानबिच आगामी बिहीबार शान्ति वार्ता हुने तय भएको छ ।

लेबनानी सशस्त्र समूह हिज्बुल्लाहले प्रत्यक्ष वार्तालाई अपमानजनक भन्दै अस्वीकार गरेपछि वातावरण केही जटिल बनेको सममयमा यो वार्ताको मिति तय भएको हो । प्रत्यक्ष वार्ताले इजरायललाई अतिरिक्त राजनीतिक लाभ दिने भन्दै हिज्बुल्लाहले यसलाई स्वीकार गर्न नसकिने बताइरहेको छ ।

समूहका अनुसार लेबनानी सरकारसँग वार्तामा पर्याप्त शक्ति वा प्रभाव छैन । इजरायलले हिज्बुल्लाहको निरस्त्रीकरण दबाबका रूपमा अघि सारेको उसको ठम्याइ छ । हिज्बुल्लाहले लेबनानलाई इरानसहितको व्यापक क्षेत्रीय कूटनीतिसँग जोड्नुपर्ने धारणा राखेको छ, यसले वार्तामा लेबनानको स्थिति बलियो बनाउने उनीहरूको विश्वास छ । 

यसैबिच लेबनानका राष्ट्रपति जोजफ आउनले छिटो प्रतिक्रिया दिँदै वार्ताका लागि सरकारी प्रतिनिधि नियुक्त गरेका छन् । लेबनानका तर्फबाट सरकारबाहेक अरू कुनै पक्षसँग वार्ता गर्ने अधिकार नरहेको उनले स्पष्ट पारेका छन् ।

बिहीबार हुने बैठकमा अमेरिकी विदेश मन्त्रालयको समन्वयमा इजरायल र लेबनानका दूतहरू पुनः एकै ठाउँमा बस्नेछन्, तर यी छलफलहरू अझै प्रारम्भिक चरणका मात्र भएको छ । यो औपचारिक शान्ति वार्ता नभएको स्पष्ट पारिएको छ ।

छलफलको मुख्य विषय हालै लागु भएको अस्थायी युद्धविरामलाई विस्तार गर्ने सम्भावनामा केन्द्रित रहने बताइएको छ । उक्त युद्धविराम शुक्रबारदेखि लागु भएको हो र यसको अवधि आइतबार समाप्त हुने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप