सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

ओमानविरुद्ध नेपाल 'ए' ले पहिला बलिङ गर्ने

मङ्गलबार, ०८ वैशाख २०८३, १६ : ४९
मङ्गलबार, ०८ वैशाख २०८३

काठमाडौँ । ओमानविरुद्ध नेपाल ‘नेपाल ए’ टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेलको श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्न लागेको हो । नेपालले ओमानसँगै स्कटल्याण्ड र अमेरिकासँग पनि ख‍ेल्ने छ । 

अनिल कुमार साह कप्तान रहेको नेपाली टोलीमा त्रित राज दास, देव खनाल, इशान पाण्डे, सन्दीप जोरा,कुशल मल्ल,सन्तोष यादव, राशिद खान,शाहब आलम,हेमन्त धामी,रिजन ढकाल,आकाश चन्द,युवराज खत्री र
शेर मल्ल रहेका छन् । 

नेपाल ए टोलीको मुख्य प्रशिक्षक राजु बस्न्यात छन् भने सहायक प्रशिक्षकमा प्रकाश शर्मा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप