छोरीको जन्मदिनमा ल्याए शिवाकोटीले ‘प्यारी छोरी’ एल्बम (भिडियो)
काठमाडौं । युरोप जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाईराख्नको लागि रातदिन तल्लिन रहने लोकप्रिय गायक तुलसी शिवाकोटीले ‘प्यारी छोरी’ नामक गिति एल्बम बजारमा ल्याएका छन् ।
छोरीलाई जन्मदिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेका शिवाकोटीले आफ्नो छोरीको लागि मात्र नभएर सम्पूर्ण छोरीहरुको लागि उपहार दिन खोजेका बताए ।
हरेक बाबुआमाको आफ्ना छोराछोरीको उत्तिकै प्यारो लाग्ने गर्दछ । तर धेरैजसो हाम्रो नेपाली समाजको सोचार्इमा भने छोरी भन्दा छोरा नै भइदिए हुन्थ्यो भन्ने गलत सोचार्इले गर्दा छोरीलाई समाजमा हुने गरेको हेलितपनले भने गायक शिवाकोटीले छोरी प्यारी हुन् छोरी सृष्टि हो, छोरी यस संसारको धर्ती मात्र हैन् आँखाको नानी हुन् भनेर छर्लङ्ग पारिदिएका छन् ।
यशु थापाको शब्द र निरज श्रेष्ठको संगीत रहेको यो गीतले सम्पूर्ण दर्शक स्रोताहरुको मन जितेका छन् । थुप्रै किसिमका गीतहरुमा आवाज दिएर सबैको मन जितिसकेका शिवाकोटीले यसपाली छुट्टै किसिमका र पृथक किसिम आवाज दिन पाउँदा मख्ख र खुसी देखिन्छन् ।
गायक शिवाकोटी भन्छन्, ‘यो समाजले छोरालाई काखा र छोरीलाई पाखा गरेर हेर्ने दृष्टिकोणले गर्दा मेरो मन नै अमिलो भैरहेको बेलामा सम्पूर्ण छोरीहरुको लागि यो गीत पस्कन पाउँदा अत्यन्तै गौरव र भाग्याशाली ठानेको छु ।
युरोपमा रहेको चर्चित प्रोडक्सन हाउस उमारोंन क्रिएसनले बजारमा आफ्नो युट्युब च्यानलबाट गीत रिलिज गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन
-
कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण
-
रास्वपा ‘गैरदलीय स्थानीय तह’बाट पछि हट्ने सम्भावना छ : खिमलाल देवकोटा (भिडियोसहित)
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-
स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन सम्भव छ ?
-
दुई बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण