प्रिमियर लिग
प्रिमियर लिगमा ब्राइटसँग चेल्सी स्तब्ध
बुधबार, ०९ वैशाख २०८३, ०३ : ०२
सारांश
- इङ्लिस प्रिमियर लिगमा चेल्सी ब्राइटनसँग ३-० गोलको फराकिलो अन्तरले पराजित भएको छ।
- खेलको तेस्रो मिनेटमा फेर्डी काडिओग्लुले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए।
- दोस्रो हाफमा ज्याक हिन्सेलउड र ड्यानी वेलबेकले गोल गर्दै ब्राइटनको जित सुनिश्चित गरेका थिए।
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनसँग स्तब्धपूर्ण हार ब्यहोरेको छ । नेपाली समयअनुसा बुधबार बिहान भएको खेलमा ब्राइटनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो ।
घरेलु मैदानमा भएको खेलमा ब्राइटनले सुरुदेखि नै दबाब बनाएको थियो । खेलको तेस्रो मिनेटमै फेर्डी काडिओग्लुले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको ब्राइटनले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको ५६औँ मिनेटमा ज्याक हिन्सेलउडले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि, खेलको इन्जुरी समयमा ड्यानी वेलबेकले तेस्रो गोल थप्दै ब्राइटनको जित सुनिश्चित गरे ।
यो जितसँगै ३४ खेलबाट ५० अंक जोडेर ब्राइटन तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित चेल्सीको भने समान खेलबाट ४८ अंक रहेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण