सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नेकपा स्थापना दिवसको कार्यक्रमलाई आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

बुधबार, ०९ वैशाख २०८३, ०९ : ०७
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा आयोजित ७७ औँ कम्युनिस्ट पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
  • अध्यक्ष ओलीले उक्त सम्बोधनमा समसामयिक राजनीति र पार्टीको आगामी कार्यदिशाका विषयमा चर्चा गर्नेछन्।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कम्युनिस्ट पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार दिउसो दुई बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले बताए । 

अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो  ।  पित्तथैलीमा पत्थरीको  शल्यक्रिया गरेर वैशाख ५ गते उनी घर फर्केका हुन् । स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् । 

कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टी केन्द्र, जनसङ्गठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ । 

नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप