शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

‘परालको आगो’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?

बुधबार, ०९ वैशाख २०८३, १२ : ४४
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'परालको आगो'को अग्रिम टिकट बुकिङ देशभर खुला गरिएको छ।
  • दर्शकको उत्साहलाई मध्यनजर गर्दै फिल्मले देशभरका हलमा एक सयभन्दा बढी शो पाएको छ।

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुलेको छ। फिल्मको बुधबार बिहानदेखि देशभरका हलले अग्रिम बुकिङ खुलाएका हुन् । अहिले देशव्यापी रुपमा फिल्मले एक सयभन्दा बढी शो पाएको छ । दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो फिल्मलाई उच्च शो दिएका हुन् । दर्शकको बुकिङको आधारमा शो थपघट हुनेछ ।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार मन्जिला बानियाँलगायतको अभिनय छ ।

हरि ॐ सिने मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको यस फिल्म सुशील पोखरेलले निर्माण गरेका हुन् । सुलभी पोखरेल र सत्यम पोखरेल समेत निर्माता रहेको फिल्मलाई स्वदेशमा आर आर फिल्मसले वितरण गर्दैछन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप