यो सरकारको लक्षण राम्रो देखिँदैन : माधव नेपाल
सारांश
- नेकपाका सहसंयोजक माधवकुमार नेपालले ७७ वर्षे कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा गरिनुपर्ने बताएका छन्।
- उनले कम्युनिस्ट पार्टीका संस्थापक पाँच जना हुनुपर्ने भन्दै यस विषयमा छलफलको आवश्यकता औंल्याएका छन्।
- नेपालले वर्तमान सरकारको लक्षण राम्रो नदेखिएको र जनतामा असन्तुष्टि बढेको टिप्पणी गरेका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्षे इतिहासको समग्र समीक्षा हुनुपर्ने बताएका छन् । साथै उनले कम्युनिस्ट पार्टीका संस्थापक चार जना हो कि ५ जना भन्नेमा पनि छलफल हुनुपर्ने बताए ।
बुधबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनले हेर्दा हेर्दा कम्युनिस्ट आन्दोलन ओरालो लागेको भन्दै पछिल्लो निर्वाचनमा कम्युनिस्टहरूले ठुलो धक्का खाएको बताए ।
‘कहाँ भए समस्या र कमजोरी यसका बारेमा खुला छलफल गर्नुपर्नेछ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ७७ वर्षको कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा गर्नुपर्ने बेला भएको बताएका हुन् ।
‘कसरी कम्युनिस्ट आन्दोलन उकालो र ओरालो लाग्दै गएको छ’, नेपालले भने, ‘सफलता पराजयको पनि समीक्षा हुनुपर्छ ।’
साथै उनले नेकपाको संस्थापन चार जना हो की पाँच जना भन्नेमा दुई थरी धारणा आइरहेकाले यसबारेमा समेत छलफल गर्नुपर्ने बताए । ‘मेरो विचारमा संस्थापक पाँच जना नै हुनुपर्छ ।
‘पुष्पलाल श्रेष्ठ, नारायणविलाश जोशी, नरबहादुर कर्माचार्य र निरञ्जनगोविन्द वैद्य र मोतिदेवी’, नेपालले २०३२ सालको बैठकमा उपस्थितिका आधारमा संस्थापक पाँच जना भएको बताएका हुन् ।
नेता नेपालले साम्राज्यवादसँग जुध्ने आँट कम्युनिस्टहरूमा भएको भन्दै वर्तमान बालेन नेतृत्वको सरकारले राजनीति र समाजमा भएका वेथितिलाई अन्त्य गर्न सक्छ सक्दैन भन्ने प्रश्न उठेको बताए । ‘यो सरकारका बारेमा भन्ने बेला त भएको छैन तर लक्षण राम्रो देखिँदैन, जनतामा सन्तुष्टि देखिँदैन’, नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण