जनताले हामीलाई घृणा होइन, नुहाइधुवाई गर भनेका हुन् : प्रचण्ड
सारांश
- नेकपा अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनले खाएको धक्कालाई पार्टीभित्रको फोहोर सफा गर्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन्।
- उनले जनताले कम्युनिस्टहरूलाई घृणा नगरी बरु आफूलाई सुधारेर आउन सवक सिकाएको उल्लेख गरेका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्षणिक रूपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको भन्दै यो धक्का आफैँभित्र जम्मा भएको फोहोर सफा गर्ने अवसर भएको बताएका छन् ।
बुधवार पार्टी स्थापनाका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । ‘अहिले क्षणिक रूपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको देखिएकै छ’, प्रचण्डले भने, ‘त्यसबाट हामीले शिक्षा लिनैपर्दछ । कहाँ कमजोरी भयो भन्ने कुराको हामीले बस्तुवादी समीक्षा गर्नै पर्दछ ।’
प्रचण्डले पछिल्लो चुनावमा कम्युनिस्टहरूले धक्का खाएको स्वीकार गर्दै बेलाबेलामा यस्ता धक्का खाएर जनताले सवक सिकाएको बताए ।
‘ती धक्काहरू हामीभित्र जम्मा भएका फोहोर मैला सफा गर्ने अवसर पनि हो । सायद हामी सत्ताको कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा भएको थियो’, प्रचण्डले भने, ‘अहिले जनताले हामीलाई घृणा गरेको होइन, नुहाइधुवाई गरेर सफा भएर आऊ भनेर सबक सिकाएको हो । त्यसकारण हामीभित्र जम्मा भएको फोहोर सफा गर्ने अवसरका रूपमा लिनुपर्छ ।’
उनले विगतमा भएका गल्ती र कमजोरी स्विकार्न कुनै कठिनाइ नहुने भन्दै लेनिनले भनेजस्तै कम्युनिस्ट र बुर्जुवाबिचको अन्तर नै गल्ती स्वीकार र नस्विकार्नेबाट पहिचान हुने बताए ।
पूर्व प्रधानमन्त्री प्रचण्डले अब फेरि एक पटक सबै राष्ट्रवादी शक्ति एक ठाउँमा आएर राष्ट्रका सामु आएका चुनौतीको मुकाबिला गर्न नयाँ शिराबाट दलहरूसँग संवाद भइरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण