आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

ललितपुरमा ‘सम्धी ग्रुप’ को आतङ्क : प्रहरीमाथि नै जाइलाग्ने १० गुण्डा पक्राउ

बुधबार, ०९ वैशाख २०८३, १९ : ०४
बुधबार, ०९ वैशाख २०८३

ललितपुर । ललितपुरको चापागाउँ क्षेत्रमा सम्धी ग्रुप र झ्यालुङ्टार ग्रुपका नाममा गुण्डागर्दी गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
लामो समयदेखि समूह बनाएर हिँड्ने, स्थानीयलाई त्रसित बनाउने र प्राकृतिक स्रोतहरूमा कब्जा जमाएर अवैध असुली गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

यी समूहहरूले चापागाउँ र आसपासका रेस्टुरेन्टहरूमा छिरेर खाएको पैसा नतिर्ने, गिटी तथा अन्य प्राकृतिक स्रोतहरूको दोहनमा दादागिरी देखाउने र व्यवसायीहरूबाट हप्तावारी तथा महिनाबारी रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यति मात्र नभई, आफ्नो कर्तव्य पालना गर्न खटिएका प्रहरी टोलीमाथि नै हुलहुज्जत गर्ने र सरकारी काममा अवरोध पुर्‍याएर उनीहरूले सो क्षेत्रमा सुरक्षा चुनौती थपेका थिए ।

पक्राउ परेकाहरूले समूह बनाएर हिँड्ने र स्थानीयमाझ आतङ्क सिर्जना गर्ने गरेकाले प्रहरीले उनीहरूको पहिचान गरी विशेष अपरेसन चलाएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पक्राउ परेका १० जनामाथि थप अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप