अजरवैजान र फिजी पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने पक्राउ
काठमाडौँ । आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारीका लागि अजरवैजान र फिजी पठाईदिन्छु भन्दै युवाहरूलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल काठमाडौँको डल्लु बस्ने ३२ वर्षीय शक्ति लामा रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामाले ६ जना पीडितहरूबाट कूल २६ लाख ६३ हजार ७१० रुपैयाँ असुलेर लामो समयसम्म सम्पर्कविहीन भएका थिए ।
बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीको झुटा आश्वासन दिई रकम लिएर विदेश नपठाई ठगी गरेको भन्दै पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो साढे १२ बजे डल्लुबाट पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा लामा यसअघि पनि बैंकिङ कसुर मुद्दामा फरार रहेको खुलेको छ। उनले दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरमा दर्ता भएको ५ लाख रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर मुद्दामा समेत प्रहरीलाई छक्याउँदै आएका थिए ।
लामालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण