लेबनानमा दोस्रो फ्रान्सेली शान्ति सैनिकको मृत्यु
काठमाडाैँ । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (युनिफिल) मा कार्यरत थप एक फ्रान्सेली शान्ति सैनिकको मृत्यु भएको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले सामाजिक सञ्जाल एक्समार्फत कर्पोरल एनिसेट गिरार्डिनको मृत्यु भएको पुष्टि गरेका हुन्।
हेजबुल्लाह लडाकुहरूको आक्रमणमा परी गम्भीर घाइते भएका गिरार्डिनलाई हिजो मात्रै स्वदेश फर्काइएको थियो तर उपचारका क्रममा आज बिहान उनको ज्यान गएको हो। यसअघि गत शनिबार दक्षिण लेबनानमा गस्ती गरिरहेको टोलीमाथि गोली प्रहार हुँदा अर्का एक फ्रान्सेली शान्ति सैनिकको घटनास्थलमै मृत्यु भएको थियो।
राष्ट्रपति म्याक्रोँले उक्त घातक हमलाका लागि इरान समर्थित सशस्त्र समूह हेजबुल्लाहलाई सिधै जिम्मेवार ठहर्याएका छन्। यद्यपि हेजबुल्लाहले भने उक्त घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै आएको छ। सोही आक्रमणमा परी अन्य दुई जना शान्ति सैनिकहरू अझै घाइते अवस्थामा रहेका छन्।
लेबनानमा इजरायल र हेजबुल्लाहबिच जारी युद्धविरामको पूर्ण समर्थन गर्ने बताउँदै आएका म्याक्रोँले पछिल्लो सैन्य गतिविधिका कारण सम्झौता संकटमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले हेजबुल्लाहलाई तत्काल आफ्ना हतियारहरू त्याग्न र इजरायललाई लेबनानको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण