प्रधानमन्त्रीकाे कार्यालयले भन्याे– सरकारी वेबसाइट अद्यावधिक गर्नू, फोन पनि उठाउनू
सारांश
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी वेबसाइटमा रहेका कर्मचारीहरूको विवरण अद्यावधिक गर्न सबै निकायलाई निर्देशन दिएको छ।
- कार्यालयले सेवाग्राहीको गुनासो सम्बोधन गर्न र कार्यालय समयमा अनिवार्य रूपमा फोन उठाउन निर्देशन जारी गरेको छ।
काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार तथा स्थानीय तहलाई आफ्ना वेबसाइटमा कर्मचारीहरूको विवरण अद्यावधिक गर्न र सेवाग्राहीका गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ।
कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार सार्वजनिक निकायका वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता तथा सूचना अधिकारीको विवरण पुरानो हुनुका साथै कार्यालयका टेलिफोन तथा मोबाइल फोन नउठ्ने गुनासो बढ्दै गएको उल्लेख गरिएको छ।
यसलाई मध्यनजर गर्दै सम्बन्धित सबै निकायलाई आफ्ना कर्मचारीहरूको नाम, मोबाइल नम्बर र इमेल ठेगाना तत्काल वेबसाइटमा अद्यावधिक गर्न आग्रह गरिएको छ। साथै कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालय समयभित्र अनिवार्य रूपमा फोन उठाई नागरिक तथा सेवाग्राहीले माग गरेका सूचना उपलब्ध गराउने र गुनासोको शीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण