इलाम गोल्डकपः मछिन्द्र फाइनलमा
इलाम मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मध्यान्तर अगाडिको खेलमा मछिन्द्रका मिलन चाम्लिङ राईले १२औँ मिनेटमा पहिलो गोल गरेका थिए । पथरी ११ का मौसम लिम्बूले १६औँ मिनेटमा जवाफी गोल गरेका थिए । यस्तै खेलको ३०औँ मिनेटमा मिलनले अर्को गोल गरेका थिए ।
मध्यान्तरपछिको खेलमा मच्छिन्द्रका सौरभ लिम्बू, अविनाश स्याङताङ र श्याम मुर्मुले गोल गरे । पथरीका सुजल डङ्गोलले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका मिलन चाम्लिङ राई घोषित भए । उनले रु आठ हजार एक नगद र ट्रफी प्राप्त गरे ।
बिहीबार दोस्रो सेमिफाइनल खेल एनआरटी र रोलिङ क्लब धुलाबारी झापाबीच हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । यही वैशाख १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण