इरानले भन्याे– कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ
काठमाडाैँ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय हितको रक्षा गर्ने एक उपकरण भएको र इरानको हितसँग मेल खाने अवस्था आएपछि मात्र यसको अनुसरण गरिने बताएका छन् ।
उनले मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिनुभयो र भन्नुभयो, इरानको कार्य अमेरिका र इजरायली सैन्य आक्रमणको सामना गर्न आत्मरक्षामा गरिएको थियो।
इरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक कदम चाल्दै युद्धक्षेत्र र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उनले बताए।
वक्तव्यमा भनिएको छ, “इरानले आफ्नो वैधानिक अधिकारको रक्षा गर्नेछ, आक्रमणका लागि कानुनी जवाफदेही बनाउनेछ र युद्धमा भएको क्षतिको क्षतिपूर्तिको माग गर्नेछ।”
फार्स समाचार एजेन्सीका अनुसार बघाईले अगाडि भने, “इरानी व्यापारिक जहाजहरूमा आक्रमण र तिनीहरूलाइृ जफत गर्नुले गम्भीर रूपमा कूटनीतिमा संलग्न देशको व्यवहारलाई प्रतिबिम्बित गर्दैन।”
इरानले दोस्रो चरणको वार्तामा भाग लिने घोषणा नगरेको र इस्लामावादमा वार्ता गर्ने कुनै पनि निर्णय यसले राष्ट्रिय हितको सेवा गर्छ कि गर्दैन भन्नेमा निर्भर गर्ने उनले बताए।
युद्धरत पक्षहरूबीच ४० दिनको लडाईपछि अप्रिल ८ युद्धविराम लागू भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने बताए।
पाकिस्तानले तेहरान र वासिङ्टनबिच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरेको छ, जसको पहिलो चरणको आयोजना अप्रिल ११–१२ मा इस्लामाबादमा भएको थियो । इज्ञरानको तस्निम न्यूज एजेन्सीले संयुक्तराज्य अमेरिकासँग बुधबार पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी तेहरानको निर्णय ‘निश्चित’ भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण