स्वास्थ्य बीमा बोर्डको नाम र लोगो प्रयोग भएका अनाधिकृत पेज २४ घण्टाभित्र हटाउन निर्देशन
सारांश
- स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो प्रयोग गरी सञ्चालन भइरहेका अनाधिकृत सामाजिक सञ्जालका पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ।
- बोर्डले तोकिएको २४ घण्टाको समयभित्र अनाधिकृत पेज नहटाएमा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो प्रयोग गरी सञ्चालन भइरहेका अनाधिकृत सामाजिक सञ्जालका पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै फेसबुक, टिकटक र युट्युब लगायतका माध्यममा बोर्डको नाममा सञ्चालित अनधिकृत पेजहरूबाट भ्रामक र तथ्यहिन सूचना सम्प्रेषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
बोर्डका अनुसार ‘नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा कार्यक्रम’ जस्ता नाम र लोगो प्रयोग गरेर खोलिएका पेजहरूले आम नागरिकमा भ्रम सिर्जना गरिरहेका छन् ।
यस प्रकारका पेज तथा ग्रुपहरू सञ्चालन गर्ने व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र त्यस्ता सामग्री हटाउन बोर्डले सूचित गरेको छ । बोर्डले तोकिएको समयभित्र निर्देशन पालना नगरेको खण्डमा प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण