आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रिमियर लिगः हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीको जित

बिहीबार, १० वैशाख २०८३, ०३ : ३६
बिहीबार, १० वैशाख २०८३

सारांश

  • इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको छ।
  • खेलको ५ औँ मिनेटमा अर्लिङ हालान्डले गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको छ।

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने। उनले खेल सुरु भएको ५ औँ मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको सुरुवातमै हालान्डले गरेको उक्त गोल नै अन्ततः निर्णायक साबित भयो ।

त्यसपछि खेलको निर्धारित समयसम्म दुवै टोलीबाट थप गोल हुन सकेन र सिटीले १–० को जितका साथ स्पष्ट ३ अङ्क जोड्न सफल भयो । घरेलु मैदानमा भएको खेलमा बर्नलीले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप