तराईका जिल्लाहरूमा तातो लहर चल्ने सम्भावना, सचेत रहन अनुरोध
बिहीबार, १० वैशाख २०८३, ११ : ५६
काठमाडौँ । बिहीबार सुदूरपश्चिम र लुम्बिनीका तराईका जिल्लाहरूमा तातो लहर वा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा देशभर गर्मी बढ्ने देखिन्छ।
आज दिपायल, धनगढी, नेपालगन्ज, घोराही, भैरहवा, जनकपुर लगायत क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना रहेको छ । यी जिल्लाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
गर्मीबाट जोगिने आवश्यक उपाय अपनाउन महाशाखाको अनुरोध छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण