वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
सारांश
- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट लाखौं रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए।
- उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मकवानपुर घर भएका ३२ वर्षीय शक्ति लामा, काठमाडौँ चन्द्रागिरि बस्ने उदयपुर घर भएका ४९ वर्षीय विष्णु बुढाथोकी र काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका छन् ।
पक्राउमध्ये शक्तिले अजरवैजान र फिजी पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २६ लाख ६३ हजार ७ सय १० रुपैयाँ, विष्णुले ब्रुनाई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ र सुस्मिताले अस्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडित १७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विष्णुलाई काठमाडौँ महानगरपालिका–९ बाट मंगलबार, सुस्मितालाई कीर्तिपुर नगरपालिका–१० बाट रशक्तिलाई काठमाडौँ महानगरपालिका–१५ डल्लुबाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण