वानखेडेमा रोहित र धोनीको नेट प्राक्टिस : आजको ‘क्लासिको’ मा दुवै दिग्गज मैदान उत्रने सम्भावना कति ?
सारांश
- आईपीएलको बहुप्रतिक्षित खेलअघि रोहित शर्मा र महेन्द्र सिंह धोनीले वानखेडे स्टेडियममा नेट प्राक्टिस गरेका छन्।
- चोटका कारण मैदान बाहिर रहेका दुवै खेलाडीको फिटनेसलाई लिएर अझै पनि अन्योल कायमै रहेको छ।
- मुम्बई र चेन्नई दुवै टोली अंक तालिकाको तल्लो स्थानमा रहेकाले यो खेल दुवैका लागि निकै महत्त्वपूर्ण छ।
काठमार्डौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सबैभन्दा ठुलो भिडन्त मानिने मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबिचको खेलअघि सबैको नजर रोहित शर्मा र महेन्द्र सिंह धोनीको फिटनेसमा अडिएको छ ।
तर, बिहीबार साँझ मुम्बईको वानखेडे स्टेडियममा हुने खेलको टस नभएसम्म यी दुई महारथी मैदान उत्रने वा नउत्रने भन्ने विषयमा अन्योल कायमै रहने देखिएको छ। दुवै टोलीका मेडिकल टिमले उनीहरूको स्वास्थ्य अवस्थालाई नजिकबाट नियालिरहेका छन् ।
ह्यामस्ट्रिङको चोटका कारण रोहितले मुम्बईका पछिल्ला दुई खेल गुमाएका छन् भने पिँडुलाको चोटका कारण धोनीले यो सिजनको एउटै खेल पनि खेलेका छैनन्। तर, बुधबार साँझ दुवै खेलाडीले वानखेडेको नेटमा ब्याटिङ अभ्यास गरेपछि प्रशंसकहरूमा आशा पलाएको छ ।
धोनीले त मंगलबार साँझ विकेटकिपिङको अभ्यास समेत गरेका थिए। बुधबारको सत्रमा धोनीले सुरुमा हल्का जगिङ गरेर तीव्र गतिका बलरहरूविरुद्ध करिब २० मिनेट नेटमा समय बिताएका थिए, जहाँ उनले केही आकर्षक छक्का समेत प्रहार गरे ।
यता, मुम्बईका पूर्व कप्तान रोहित शर्माले पनि करिब २५ मिनेट नेटमा थ्रोडाउनको सामना गरे। उनले धोनीको तुलनामा केही सतर्कता अपनाउँदै बढी आक्रामक सटहरू खेल्न खोजेनन्। दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ, किनकि मुम्बई र चेन्नई दुवै अहिले अंक तालिकाको तल्लो स्थानमा संघर्ष गरिरहेका छन्। मुम्बईले ६ मध्ये दुई खेल जितेको छ भने चेन्नईको अवस्था पनि उस्तै छ ।
चेन्नईका लागि धोनी फिट भए पनि वा नभए पनि ब्याटिङ लाइनअपमा परिवर्तन अनिवार्य देखिएको छ । टोलीका यस सिजनका सर्वाधिक रनकर्ता १८ वर्षीय आयुष म्हात्रे ह्यामस्ट्रिङ चोटकै कारण बाँकी सिजनका लागि बाहिरिएका छन् ।
यदि धोनी फिट भएमा उनलाई ‘इम्प्याक्ट प्लेयर’ को रूपमा प्रयोग गर्ने चेन्नईको रणनीति हुनसक्छ। चेन्नईका बलिङ प्रशिक्षक एरिक साइमन्सले धोनी मैदानमा भए पनि नभए पनि उनको उपस्थिति र सुझाव टोलीका लागि सधैँ महत्त्वपूर्ण हुने बताएका छन् ।
मुम्बई र चेन्नईबिचको यो प्रतिस्पर्धालाई क्रिकेट जगतमा ‘क्लासिको’ को संज्ञा दिइन्छ। दुवै टोली आफ्नो खराब सुरुवातलाई बिर्सेर जितको लयमा फर्कन चाहन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण