भारतीय सहयोगमा नयाँ भवन निर्माण सुरु, मुख्यमन्त्री कार्कीद्वारा शिलान्यास
झापा । झापाको गौरादह नगरपालिका–१ स्थित श्री जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, काठमाडौँस्थित भारतीय राजदूतावासकी काउन्सलर गीताञ्जली ब्रान्डन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले आज एक विशेष समारोहबिच संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् ।
भारत सरकारको करिब ५ करोड ८० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो भवन उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण हुन लागेको हो । यस परियोजनाको कार्यान्वयन र रेखदेख गौरादह नगरपालिकाले गर्नेछ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालको शैक्षिक र पूर्वाधार विकासमा भारत सरकारले निरन्तर गर्दै आएको सहयोगको प्रशंसा गरे । नयाँ बन्ने आधुनिक संरचनाले गौरादह क्षेत्रका विद्यार्थी र शिक्षकहरूका लागि सिकाईको गुणस्तरीय वातावरण तयार पार्ने र यसले स्थानीय शिक्षाको स्तर उकास्न ठुलो सहयोग पुर्याउने विश्वास कार्यक्रमका सहभागीहरूले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
-
लागूऔषधसहित सासु बुहारी पक्राउ
-
नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
-
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण