आन्दोलनको मौका छोपेर केन्द्रीय कारागारबाट फरार दुई कैदी पक्राउ
सारांश
- गत भदौमा भएको आन्दोलनको फाइदा उठाउँदै केन्द्रीय कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
- चोरी र लागुऔषध मुद्दाका दुई अभियुक्तलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
- पक्राउ परेका दुवै कैदीलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको छ।
काठमाडौँ । गत भदौमा काठमाडौँमा भएको सरकार विरोधी आन्दोलनको फाइदा उठाउँदै केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका दुई कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले लुकिछिपी बसिरहेको अवस्थामा चोरी र लागुऔषध मुद्दाका दुई अभियुक्तलाई नियन्त्रणमा लिएको हो।
आन्दोलनको क्रममा भदौ २४ गते कारागारको सुरक्षा घेरा तोडेर उनीहरू फरार भएका थिए। फरार मध्येका एक नुवाकोट पञ्चकन्या गाउँपालिका–९ घर भएका २९ वर्षीय नवराज थापालाई प्रहरीले टोखा नगरपालिका–९ भण्डारी टोलबाट पक्राउ गरेको हो। उनी दुई वटा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा कारागारबाट भागेका थिए।
त्यसैगरी, लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका ३६ वर्षीय विनोद कुमाल पनि प्रहरीको फन्दामा परेका छन्। दाङको गढवा गाउँपालिका–१ घर भई हाल माछापोखरी बस्दै आएका कुमाललाई काठमाण्डौं महानगरपालिका–१६ माछापोखरी क्षेत्रबाटै पक्राउ गरिएको हो।
उनलाई लागुऔषध मुद्दामा अदालतले १ वर्ष ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। पक्राउ परेका दुवै कैदीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण