‘लु’को शीघ्र प्रतिकार्य राष्ट्रिय कार्य योजनामाथि सुझाव सङ्कलन
सारांश
- राष्ट्रिय कार्ययोजना बनाउन सरोकारवालाहरूसँग सुझाव लिइयो।
- तत्काल र दीर्घकालीन योजना बनाएर काम गर्न जोड दिइयो।
- विद्यालय बन्द गर्नेसम्मका योजना बनाउन सुझाव दिइयो।
काठमाडौँ । अत्यधिक गर्मी अर्थात् तातो हावाको लहर (लु) सम्बन्धी शीघ्र प्रतिकार्य राष्ट्रिय कार्य योजना निर्माणका लागि सुझाव सङ्कलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार यहाँ सरोकार भएका निकायका प्रतिनिधिसँग सुझाव सङ्कलन गरेको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले अत्यधिक गर्मी वा तातो हावाको लहरबाट बच्नका लागि ‘पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’को मस्यौदामाथि सरोकार भएकाहरूसँग छलफल गरी सुझाव सङ्कलन गरिएको जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सुरक्षा निकाय, विषयगत क्षेत्रका सरकारी निकाय तथा सहयोगी निकाय, नेपाल स्काउटलगायत सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
अत्यधिक गर्मी र तातो हावाको लहरका कारण हुनसक्ने समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा सहभागीहरूको जोड थियो । ठाउँठाउँमा माटोको भाडामा पानी राख्ने व्यवस्था गर्ने, स्थानीय ज्ञानको पनि सदुपयोग गर्नुपर्ने, तातो हावाको लहरका बेला अवस्था हेरी विद्यालय बन्द गर्नेसम्मका योजना बनाउनु पर्ने उनीहरूको सुझाव थियो ।
सुझावलाई एकीकृत गरी राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न चरणमा अघि बढाइएको प्राधिकरणले जनाएको छ । पछिल्लो साता देशभर तातो बढेको र कतिपय जिल्लामा तापक्रम ४१ डिग्रीभन्दा माथि पुगिसकेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सबैमा आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
-
कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण