गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने
सारांश
- तनहुँमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
- प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट खेलाडीको सहभागिता रहनेछ।
- दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्न प्रतियोगिता महत्त्वपूर्ण हुनेछ।
तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी प्रदेश अन्तरजिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । शुक्रबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी यही वैशाख २६ र २७ गते व्यास नगरपालिका–३ खुल्ला मैदानमा अन्तरजिल्ला स्तरीय भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको समूह छनोटका लागि यहाँ प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । प्रतियोगिताबाट गण्डकी प्रदेशको महिला र पुरुषको सशक्त समूह छनोट गरिने उहाँले बताए । उनले भने, “दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन यहाँ आएर खेल्नैपर्छ । यहाँ खेलेका खेलाडीबाट समूह बनाइनेछ ।”
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ । दक्ष भलिबल खेलाडी उत्पादन र क्षमता विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको पाण्डेले उल्लेख गरे । उनले भने, “तनहुँमा भलिबल निकै लोकप्रिय खेल हो । यसले खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौँ ।”
छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिने समितिका अध्यक्ष पाण्डेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी दुई सय ४० खेलाडी, २० प्रशिक्षक, २० अफिसियल उपस्थित हुनेछन् । कार्यक्रम सम्पन्न गर्नका लागि रु २५ लाख ४६ हजार लाग्ने अनुमान गरिएको छ । खर्च व्यवस्थापन गण्डकी प्रदेश खेलकुद परिषद् र अन्य सरोकार भएका निकायबाट गरिने पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण