लाक्पा फुटी शेर्पाले छाडिन् उज्यालो नेपाल पार्टी
सारांश
- सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी लाक्पा फुटी शेर्पाले उज्यालो नेपाल पार्टीबाट राजीनामा दिएकी छिन्।
- उनले व्यक्तिगत कार्यव्यस्तताका कारण पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्य पदबाट राजीनामा दिएकी हुन्।
सोलुखुम्बु । गत आम निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी लाक्पा फुटी शेर्पाले उज्यालो नेपाल पार्टीबाट राजीनामा दिएकी छिन्।
उनले पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहने गरी पार्टीका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएकी हुन्। शेर्पाले आफ्नो व्यक्तिगत कार्यव्यस्तताका कारण पार्टीको जिम्मेवारीमा रहिरहन असहज भएको भन्दै पदबाट अलग हुने निर्णय लिएको बताएकी छिन्।
राजीनामा पत्रमा उनले लेखेकी छिन्, 'आफ्नो व्यक्तिगत कार्यव्यस्तताका कारण अब उप्रान्त यस पार्टीको जिम्मेवारीमा रहिरहन मलाई असहज महसुस भएको छ। अतः आजकै मितिदेखि लागू हुने गरी म उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहने गरी आफ्नो पदबाट राजीनामा पेस गर्दछु।'
पार्टीबाट अलग भए पनि एक स्वतन्त्र नागरिकको हैसियतमा समाजसेवा र देशको समुन्नतिका लागि आफ्नो प्रतिबद्धता सधैँ कायम रहने उनले उल्लेख गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि घट्यो कच्चा तेलको भाउ, ब्रेन्ट ७३.७६ डलर र डब्ल्यूटीआई ७०.४३ डलरमा कारोबार
-
रास्वपामा पदाधिकारी चयन गर्नका लागि मतदान सुरु
-
प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावको जनमोर्चाद्वारा स्वागत
-
उम्मेदवारी फिर्ता र समर्थनप्रति गणेश कार्कीको असन्तुष्टि- ‘यसले सभापतिको भनाइलाई नै खिल्ली उडायो’
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण