जापानमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दोमा भिड्न नेपाली टोली ओसाका प्रस्थान
काठमाडौँ । जापानको ओसाकामा आयोजना हुने २२औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालको चुनौती प्रस्तुत गर्न चार सदस्यीय खेलाडी टोली त्यसतर्फ प्रस्थान गरेको छ। अप्रिल २४ देखि २६ सम्म ओहामा एरेनामा चल्ने यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी र राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य कुमार लामा घिसिङले भव्य बिदाइ गरेका हुन्।
नेपाली घरमा आयोजित विशेष कार्यक्रममा टोलीलाई सफलताको शुभकामना दिँदै खेल पोसाक र झण्डा हस्तान्तरण गरिएको थियो। प्रतियोगितामा सहभागी हुने खेलाडीहरूमा ९ वर्ष मुनिको महिला व्यक्तिगत पुम्सेतर्फ लिटल बड स्कुलकी छात्रा आरावी ग्यावाली रहेकी छन्।
त्यस्तै ११ वर्ष मुनिको पुरुष व्यक्तिगत पुम्सेमा होग आउ तेक्वान्दो डोजाङका विशेष चन्द्र गामी र गोंगबु तेक्वान्दो डोजाङका श्रेयान कार्कीले प्रतिस्पर्धा गर्नेछन्। क्योरुगीतर्फ ४९ केजी महिला समूहमा आयुषा कार्कीले नेपालको प्रतिनिधित्व गर्दै छिन्।
टोलीको नेतृत्व मुख्य प्रशिक्षक सरोज तामाङले गरेका छन् जो गोंगबु तेक्वान्दो डोजाङका साथै लिटल बड स्कुल, साङ्ग्रिला स्कुल लगायतका विभिन्न शैक्षिक संस्थासँग आबद्ध छन्। टोली व्यवस्थापकको जिम्मेवारी रुश्मा सुवेदीले सम्हालेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण