९ लाख नगद र १०२ ग्राम ब्राउन सुगरसहित पोखराबाट एक महिला पक्राउ
सारांश
- पोखराबाट १०२ ग्राम ब्राउन सुगर र ९ लाख नगदसहित मन्दिरा मगर पक्राउ परेकी छिन्।
- प्रहरीले उनको कोठाबाट डिजिटल तराजु र मोबाइल समेत बरामद गरेको छ।
- पक्राउ परेकी महिलामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
पोखरा । पोखराबाट ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । कास्की जिल्ला प्रहरी कार्यालयले पोखरा ११ फूलबारीबाट २७ वर्षीया मन्दिरा मगरलाई पक्राउ गरेको हो । छापा मार्ने क्रममा उनको साथबाट ब्राउन सुगर १०२.३७ ग्राम र ९ लाख रुपैयाँ नगद बरामद गरेको छ ।
ब्राउन सुगर जोख्न प्रयोग हुने एउटा डिजिटल तराजु र मोबाइल पनि बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । उनी लमजुङको मध्य नेपाल ६ स्थायी घर भई हाल पोखरामा डेरा गरी बस्दै आएकी थिइन् । उनको कोठाबाटै सामानहरू बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी इन्सपेक्टर गणेश पाण्डेले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । लागू औषधको बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।
बरामद गरिएको ब्राउन सुगर र नगद ल्याब टेस्टका लागि पठाइएको छ । अदालतमा उनीमाथि अनुसन्धानका लागि म्याद थप गर्न लगिएको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण