जेनजी आन्दोलनका बेला हिरासतबाट भागेको युवक २ अभियोगमा पक्राउ
सारांश
- न्युरोडमा लुटपाट र गोँगबुमा एटिएम तोडफोड गरेको अभियोगमा प्रहरीले सिन्धुलीका २१ वर्षीय सविन नेपालीलाई पक्राउ गरेको छ।
- गत भदौमा जेनजी आन्दोलनको फाइदा उठाउँदै प्रहरी हिरासतबाट फरार भएका नेपाली आठ महिनापछि पुनः पक्राउ परेका हुन्।
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोडमा लुटपाट र गोँगबुमा एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक २१ वर्षीय युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ घर भई हाल काठमाडौँको असन बस्ने सविन नेपाली रहेका छन्।
प्रहरीका अनुसार नेपालीले यही वैशाख ९ गते राति न्युरोडको रामघाट गल्लीमा एक व्यक्तिलाई कुटपिट गरी लुटपाट गरेको आरोप छ। उक्त घटनाको भोलिपल्टै वैशाख १० गते मध्यरातमा उनले गोँगबु चोकस्थित ग्लोबल आईएमई बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोग छ।
घटनाको अनुसन्धानमा खटिएको अपराध अनुसन्धान कार्यालय र नयाँ बसपार्क शाखाको टोलीले उनलाई वैशाख १० गते नै सामाखुसीबाट नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा पक्राउ परेका सविन नेपालीको पुरानो आपराधिक पृष्ठभूमि समेत खुलेको छ। उनी यसअघि २०८० भदौमा साइबर अपराधको मुद्दामा पक्राउ परी दुई महिना बाल सुधार गृह ठिमीमा बसेका थिए।
त्यस्तै, २०८२ साउनमा चोरीको कसुरमा मुद्दा दर्ता भएपछि उनी प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका थिए। तर, भदौ २४ गते 'जेनजी' आन्दोलनको क्रममा सिर्जना भएको परिस्थितिको फाइदा उठाउँदै उनी हिरासतबाटै फरार भएका थिए।
झण्डै आठ महिनापछि उनी पुनः अर्को अपराधमा संलग्न रहेको अवस्थामा फेला परेका हुन्।
पक्राउ परेका नेपालीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण