सर्लाहीमा एक घरबाट २२ लाखभन्दा बढीको धनमाल चोरी
शुक्रबार, ११ वैशाख २०८३, १७ : १५
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा गए राति एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। चन्द्रनगर गाउँपालिका-३ वरकुर्वा बस्ने रामबाबु साहको घरमा मध्यरातमा छिरेका चोरले सुनचाँदीका गरगहना र नगद गरी करिब २२ लाख ७० हजार रूपैयाँ बराबरको सम्पत्ति चोरी गरेका हुन्।
साहको परिवार सुतिरहेको मौका छोपेर घरभित्र प्रवेश गरेका चोरले बहुमूल्य गहना र नगद चोरी गरेको प्रहरीले जनाएको छ। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको पहिचान खुल्न सकेको छैन।
प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाउनुका साथै फरार व्यक्तिहरूको खोजीका लागि विभिन्न नाका र सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण