जेनजी आन्दोलनमा जेलबाट भागेका लागुऔषध मुद्दाका कैदीबन्दी पक्राउ
शुक्रबार, ११ वैशाख २०८३, १८ : ३४
काठमाडौँ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा कारागारबाट भागेका एकजना कैदीबन्दीलाई प्रहरीले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका–५ घर भएर काठमाडौंको तारकेश्वर नगरपालिका–२८ मनमैजु बस्ने सुरेश घले छन् ।
भदौ २४ मा सुन्धारा स्थित केन्द्रिय कारागारबाट भागेका घलेलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए ।
लागुऔषध मुद्दामा उनलाई अदालतले १६ वर्ष कैद र पाँच लाख जरिवाना हुने फैसला गरेको थियो । जेनजी आन्दोलनको मौका छोपेर उनी फरार भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण