सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

शुक्रबार, ११ वैशाख २०८३, २२ : २२
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षकलाई नायव महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ।
  • बढुवा समितिले दिगविजय सुवेदीसहित ६ जनाको नाम सिफारिस सूचीमा सार्वजनिक गरेको छ।

काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस सूची प्रकाशन गरेको हो । 

एक नम्बरमा दिगविजय सुवेदीलाई बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्कीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप