शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कहिले रिलिज हुन्छ राम चरणको ‘पेद्दी’ ?

शनिबार, १२ वैशाख २०८३, ०१ : ५३
शनिबार, १२ वैशाख २०८३

सारांश

  • साउथ सुपरस्टार राम चरण अभिनीत फिल्म 'पेद्दी' आगामी जुन महिनामा विश्वभर रिलिज हुने भएको छ।
  • निर्देशक बुची बाबु सनाले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन्।
  • सन् २०२६ को बहुप्रतीक्षित यस फिल्ममा राम चरणसँगै बलिउड अभिनेत्री जाह्नवी कपुर मुख्य भूमिकामा देखिँदै छिन्।

मुम्बई । साउथ सुपरस्टार राम चरण पछिल्लो समय फिल्म ‘पेद्दी’का कारण चर्चामा छन् । छायांकनको अन्तिम चरणमा रहेको फिल्म दर्शमाझ प्रतीक्षित बनेको छ ।  

निर्माण युनिटले फिल्म आगामी जुन महिनामा विश्वभर रिलिज हुने जनाएको छ । निर्देशक बुची बाबु सनाले हालै सामाजिक सञ्जालमा राम चरणसँगको एउटा सेल्फी सेयर गर्दै फिल्मको रिलिज मिति आगामी जुन घोषणा गरेका हुन् ।

सन् २०२६ को सबैभन्दा प्रतीक्षित फिल्ममध्ये एक मानिएको ‘पेद्दी’मा राम चरण एकदमै फरक र नयाँ अवतारमा देखिनेछन् । केही समयअघि सार्वजनिक गरिएको फिल्मको ‘झलक’लाई दर्शकले निकै मन पराएका छन् । फिल्मको पहिलो गीत ‘चिकिरी चिकिरी’ले चर्चा पाइसकेको छ । ओस्कार विजेता संगीतकार ए. आर. रहमानको संगीत गीतमा छ ।

फिल्ममा राम चरणको जोडीका रूपमा बलिउड अभिनेत्री जाह्नवी कपुर देखिनेछिन् । उनीहरूसँगै फिल्ममा शिव राजकुमार, जगपति बाबु, दिव्यन्दु शर्मालगायत कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप