आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्तिम समयमा सम्हालिन नसक्दा रियल बेटिससँग बराबरीमा रोकियो रियल म्याड्रिड

शनिबार, १२ वैशाख २०८३, ०४ : १८
शनिबार, १२ वैशाख २०८३

सारांश

  • स्पेनिस ला लिगामा रियल म्याड्रिड र रियल बेटिसले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
  • खेलको १७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए।
  • इन्जुरी समयमा रियल बेटिसका हेक्टर बेलेरिनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका छन्।

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार सम्पन्न खेलमा रियल म्याड्रिड र रियल बेटिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको सुरुवाती समयमा रियल म्याड्रिडले अग्रता लिएको थियो । म्याड्रिडका लागि खेलको १७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । रियल म्याड्रिड जिततर्फ नजिकिए पनि खेलको अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो ।

रियल बेटिसका लागि खेलको इन्जुरी समयमा हेक्टर बेलेरिनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए र टोलीलाई हारबाट जोगाए ।

यो बराबरीपछि लिग तालिकाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ३३ खेलबाट ७४ अंक पुगेको छ । समान ३३ खेल नै खेलेको रियल बेटिसको भने ५० अंक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप