सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट

३७ रनले हराउँदै यूएईविरुद्ध नेपालको महत्त्वपूर्ण जित

शनिबार, १२ वैशाख २०८३, १७ : १३
शनिबार, १२ वैशाख २०८३

सारांश

  • आईसीसी विश्व कप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको छ।
  • दीपेन्द्र सिंह ऐरीको ७५ रन र करण केसीको ४ विकेटको मद्दतले नेपालले महत्त्वपूर्ण जित हासिल गरेको हो।
  • यस जितसँगै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने आशा बलियो बनाएको छ।

काठमाडौँ । आईसीसी विश्व कप लिग २ अन्तर्गत आज भएको महत्त्वपूर्ण खेलमा नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गरेको छ ।

यो जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन शीर्ष ६ मा पर्ने आशा बलियो बनाएको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २०२ रनमा अलआउट भएको थियो । नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रनको योगदान दिएका थिए । उनले ९० बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे । यद्यपि, उनलाई अन्य ब्याटरबाट गतिलो साथ मिल्न सकेन । 

नेपालको ब्याटिङमा ओपनर कुशल भुर्तेलले २४ रन बनाए भने करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन जोडेका थिए। भीम सार्कीले १० रन बनाएर आउट हुँदा, ओपनर आशिफ शेख ७ र कप्तान रोहित पौडेल मात्र २ रनमा पेभेलियन फर्किएका थिए ।

यूएईका लागि अजय कुमार र जुनैद सिद्दिकीले सानदार बलिङ गर्दै समान ३–३ विकेट लिएका थिए । 

२०३ रनको लक्ष्य पछ्याएको यूएई पनि नेपालझैँ ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटिएपछि नेपालले ३७ रनको जित दर्ता गर्‍यो । यूएईका हरमित सिंहले सर्वाधिक ३९ रन बनाए भने मोहम्मद वासिमले ३४ तथा अक्षदीप नाथले ३० रन जोडे । 

नेपालको जितमा बलरहरूले महत्त्वपूर्ण भूमिका खेले । करण केसीले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । सोमपाल कामीले २ विकेट हात पारे भने दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र ललित राजवंशीले समान १–१ विकेट लिए । दुई ओभर बलिङ गरेका कप्तान रोहित पौडेलले भने विकेट लिन सकेनन् । 

आजको यो जितले नेपाललाई आईसीसी विश्व कप लिग २ को तालिकामा महत्त्वपूर्ण अंक दिलाएको छ । अब नेपालले २१ खेलमा ६ जित, १३ हार र २ खेल नतिजाविहीन रहँदै १४ अंक बनाएको छ । समान २१ खेल खेलेको यूएई भने १५ हारसहित १० अंकका साथ आठौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप