प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री शाहले गरे सिफारिस
आइतबार, १३ वैशाख २०८३, ०८ : ३४
सारांश
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन्।
- बैशाख १७ गते बिहीबार अपराह्न ४ बजे प्रदेशसभाको आठौँ अधिवेशन आव्हान गर्न सिफारिस गरिएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँलाई शनिबार भेट गरी बजेट अधिवेशनका लागि सिफारिस पत्र बुझाएका छन्।
मुख्यमन्त्री शाहको सचिवालयका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैशाख १७ गते बिहीबार अपराह्न ४ बजे प्रदेशसभाको आठौँ अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।
सिफारिस पत्र बुझाउन मुख्यमन्त्री शाह प्रदेश प्रमुख निवासमा पुगेका थिए। सो क्रममा समसामयिक राजनीति विषयमा पनि कुरा भएको सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण