५ दिने चलचित्र निर्देशन तालिम सुरु
दमक । आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले झापाको दमकमा ५ दिने ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ । चलचित्र विकास बोर्डको सहयोग तथा धिमाल चलचित्रकर्मी सङ्घको आयोजनामा भएको तालिम शनिबारदेखि सुरु गरिएको हो ।
तालिमको औपचारिक उद्घाटन कोशी प्रदेशका माननीय सांसद नम्बरलाल धिमालले गरे । कार्यक्रममा बोल्दै उनले मातृभाषी चलचित्रले स्थानीय पहिचान र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरे ।
बैशाख १६ गतेसम्म चल्ने यस तालिममा धिमाल समुदायका २० जना युवा चलचित्रकर्मीहरूको सहभागिता रहेको छ। तालिमको सहजीकरण अनुभवी चलचित्र निर्देशक अरुण प्रधानले गरेका छन् । सहभागीहरूलाई चलचित्र निर्देशनका आधारभूत सिद्धान्त, कथा प्रस्तुति, दृश्य भाषा, कलाकार परिचालन र निर्माण प्रक्रियाका प्राविधिक पक्षबारे प्रयोगात्मक सीप प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा चलचित्र विकास बोर्डका तर्फबाट अधिकृत अप्सरा समालको उपस्थिति रहेको छ । बोर्डले पछिल्लो समय आदिवासी जनजाति, मातृभाषी चलचित्र र स्थानीय सर्जकहरूलाई प्राथमिकतामा राख्दै आएको बताए । धिमाल समुदायको मौलिक कथा, भाषा र संस्कृतिलाई चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन यो तालिम कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
तालिमले नयाँ पुस्ताका चलचित्रकर्मीहरूलाई आफ्नै माटोको कथा भन्न प्राविधिक रूपमा सक्षम बनाउने र व्यावसायिकता तर्फ प्रेरित गर्ने लक्ष्य बोर्डको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ
-
पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि
-
स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते
-
महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण