सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आइसिसी महिला च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग पराजित

आइतबार, १३ वैशाख २०८३, २१ : ०१
आइतबार, १३ वैशाख २०८३

काठमाडौँ । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासित सात विकेटले पराजित भएको हो ।

नेपालले दिएको ८७ रनको विजयी लक्ष्य अमेरिकाले ११.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍याे। उसका लागि इसानी वाघेलाले सर्वाधिक ३५ रनको योगदान दिइन भने सैनभी कम्बालापालीले २१ तथा पुजा गनेशले २० रन बनाइन ।

बलिङतर्फ नेपालका लागि मनिशा उपाध्याय, पूजा महत्तो र इन्दु बर्माले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनायो । नेपालका लागि रुवि पोदारले सर्वाधिक ५१ रनको योगदान दिइन । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पूजा महत्तो र कविता कुँवरले समान ८/८ रन जोडे।

बलिङतर्फ अमेरिकाकी माही माधभन र रितु पृया सिंहले समान २/२ विकेट लिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप