आईपीएलमा चेन्नईको खराब प्रदर्शन जारीः ८ खेलमा पाँचौ हार
सारांश
- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिगको जारी सिजनमा गुजरात टाइटन्ससँग ८ विकेटले पराजित भएसँगै आठौँ खेलमा पाँचौ हार व्यहोरेको छ ।
- चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनायो, जसमा कप्तान रुतुराज गायकवाडले ६० बलमा ७४ रनको अविजित पारी खेले ।
- १५९ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमै २ विकेट गुमाएर १६२ रन बनाउँदै सहज जित दर्ता गर्यो, जसमा साई सुदर्शनले ४६ बलमा ८७ रनको विष्फोटक योगदान दिए ।
काठमाडौँ । इन्डियन प्रिमियर लिगको जारी सिजनमा चेन्नई सुपर किंग्सले आफ्नो निराशाजनक प्रदर्शनलाई जारी राखेको छ । आइतबार भएको खेलमा गुजरात टाइटन्ससँग ८ विकेटले पराजित भएसँगै चेन्नईले यो सिजनको आठौँ खेलमा पाँचौ हार व्यहोरेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ६० बलमा ७४ रनको अविजित पारी खेले पनि अन्य ब्याटरहरूले उल्लेख्य योगदान दिन सकेनन् । शिवम दुबेले २२ र जेमी ओभरटनले १८ रन जोडे । चेन्नईलाई सस्तैमा रोक्न गुजरातका कागिसो रबाडाले घातक बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । उनी खेलको ‘प्लेयर अफ द म्याच; समेत चुनिए ।
१५९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले १६.४ ओभरमै मात्र २ विकेट गुमाएर १६२ रन बनाउँदै सहज जित दर्ता गर्यो । गुजरातका लागि साई सुदर्शनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ८७ रनको विष्फोटक योगदान दिए । त्यस्तै, जोस बटलर ३९ रनमा अविजित रहे भने शुभमन गिलले ३३ रन बनाए ।
यो हारसँगै चेन्नईको अघिल्लो चरणको यात्रा थप चुनौतीपूर्ण बनेको छ । सिजनका ८ खेल खेलिसक्दा चेन्नईले मात्र ३ खेलमा जित निकाल्न सकेको छ भने ५ खेलमा पराजय भोग्दै खराब लयबाट गुज्रिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण