आईपीएल
सुपर ओभरमा लखनउलाई हराउँदै केकेआरको सहज जित
सोमबार, १४ वैशाख २०८३, ०० : ११
सारांश
- इन्डियन प्रिमियर लिग अन्तर्गत कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्सलाई सुपर ओभरमा पराजित गरेको छ ।
- निर्धारित २० ओभरको खेल बराबरी भएपछि भएको सुपर ओभरमा केकेआरले सहज जित निकालेको हो ।
- सुपर ओभरमा लखनउले १ रन जोड्न सक्यो र केकेआरले २ रनको सामान्य लक्ष्य २ बलमै पार गर्यो ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबारको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जाइन्ट्सलाई सुपर ओभरमा पराजित गरेको छ । निर्धारित २० ओभरको खेल बराबरी भएपछि भएको सुपर ओभरमा केकेआरले सहज जित निकालेको हो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको लखनउले २ विकेट गुमाएर मात्र १ रन जोड्न सक्यो । जितका लागि २ रनको सामान्य लक्ष्य पछ्याएको केकेआरका लागि रिंकु सिंहले पहिलो बलमै चौका प्रहार गर्दै खेल समाप्त पारे ।
यसअघि कोलकाताले दिएको १५६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएपछि खेल बराबरी भएको थियो । खेलको अन्तिम १ बलमा ७ रन आवश्यक भएको कठिन अवस्थामा मोहम्मद शामीले छक्का प्रहार गर्दै स्कोर बराबरी बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण