अपडेट
सुनको मूल्य प्रतितोला ३ लाख नाघ्यो, चाँदी पनि बढ्यो
सोमबार, १४ वैशाख २०८३, १० : ५९
सारांश
- सोमबार नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला ३ लाख ५ सय रुपैयाँ पुगेको छ।
- आइतबार प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ हजार ३ सय रुपैयाँले बढेको हो।
- चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ कायम भएको छ।
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख रुपैयाँ नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएङ्को छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण