सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महँगीविरुद्ध अमृत क्याम्पसका विद्यार्थीको ‘डिजिटल’ प्रदर्शन

सोमबार, १४ वैशाख २०८३, १२ : ०१
सोमबार, १४ वैशाख २०८३

सारांश

  • बढ्दो महँगीले विद्यार्थीको जनजीवन कष्टकर बनेको भन्दै अमृत क्याम्पसका विद्यार्थीहरूले सिर्जनात्मक विरोध प्रदर्शन गरेका छन्।
  • स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अमृत क्याम्पसको नेतृत्वमा विद्यार्थीहरूले सोमबार कक्षाकोठामै डिजिटल प्लेकार्डसहित साङ्केतिक प्रदर्शन गरेका हुन्।
  • विद्यार्थीहरूले महँगी नियन्त्रण र विद्यार्थीका माग सम्बोधन नभए सशक्त सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

काठमाडौँ । बढ्दो महँगीले विद्यार्थीको जनजीवन कष्टकर बनेको भन्दै अमृत क्याम्पस (अस्कल) का विद्यार्थीहरूले सिर्जनात्मक विरोध प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अमृत क्याम्पसको नेतृत्वमा विद्यार्थीहरूले सोमबार कक्षाकोठामै ‘डिजिटल’ माध्यमबाट साङ्केतिक प्रदर्शन गरेका हुन्।

स्ववियू सभापति रुद्रहरि पोखरेलका अनुसार विद्यार्थीहरूमाथि थपिएको आर्थिक भार र सरकारको उदासीनताप्रति ध्यानाकर्षण गराउन कक्षाकोठामै डिजिटल प्लेकार्डसहित प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘महँगीको मार, विद्यार्थीमाथि भार, ४५ प्रतिशत छुट दे सरकार !’ र ‘महँगी नियन्त्रण गर, नत्र आन्दोलनको सामना गर !’ जस्ता नाराहरू सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट सार्वजनिक गरेका थिए।

स्ववियूले विशेषगरी विद्यार्थीहरूले पाउँदै आएको सहुलियत पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने र दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धि तत्काल नियन्त्रण हुनुपर्ने माग राखेको छ। सभापति पोखरेलले भने- ‘अहिले हामीले साङ्केतिक रूपमा कक्षाकोठाबाटै आवाज उठाएका छौँ, यदि सरकारले महँगी नियन्त्रण र विद्यार्थीका माग सम्बोधन नगरे हामी सशक्त सडक आन्दोलनमा उत्रन बाध्य हुनेछौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप