सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित छैन :  प्रवक्ता चालिसे

सोमबार, १४ वैशाख २०८३, १४ : ४३
सोमबार, १४ वैशाख २०८३

सारांश

  • कांग्रेस प्रवक्ता देवराज चालिसेले संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको बताएका छन् ।
  • उनले कानुन बन्ने कुरा संसदबाट पारदर्शी हुनुपर्ने बताए ।
  • उनले बोलाइएको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउन खोज्नु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने बताए ।

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको बताएका छन् । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चालिसेले कानुन बन्ने कुरा संसदबाट पारदर्शी हुनुपर्ने बताए । 

‘सरकारले प्रस्ताव गरे संसद्को अधिवेशन बोलाइसकेपछि बिना जानकारी फेरि संसद् स्थगित भएको पायौँ,’ चालिसेले भने, ‘एकातिर बोलाएको संसद् स्थगित गर्ने अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा मर्यादित कदम होइन ।’ 

यसरी अध्यादेश ल्याउने तयारी हुँदा त्यसले सरकारलाई अनुकूलता प्रदान नगर्ने उनले बताए । प्रवक्ता चालिसेले बोलाइएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउन खोज्नु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने उनको भनाइ थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप