बक्स अफिसमा 'माइकल'को रेकर्डतोड पफर्मेन्स
लस एञ्जलस । 'किङ अफ पप' माइकल ज्याक्सनको जीवनमा आधारित ठुलो बजेटको बायोपिक 'माइकल'ले विश्वव्यापी बक्स अफिसमा २१ करोड ७० लाख डलर ओपनिङ गर्दै बायोपिक फिल्म इतिहासमै सबैभन्दा ठुलो सुरुवात गरेको छ ।
फिल्मले उत्तर अमेरिकामा ९ करोड ७० लाख डलरमा ओपनिङ गरेको छ । यसअघि उच्च ओपनिङ गरेका 'ओपनहेइमर' र 'बोहेमियन र्याप्सोडी'जस्ता फिल्महरूको रेकर्डलाई पनि यसले उछिनेको छ ।
घरेलु बक्स अफिसमा 'ओपनहेइमर'को पहिलो दिनको कलेक्सन ८ करोड ३० लाख डलर थियो । बोहेमियन र्याप्सोडीले ५ करोड १० लाख डलर कमाएको थियो । ज्याक्सन इस्टेटले सह निर्माण गरेको फिल्ममा माइकल ज्याक्सनका भतिजा जाफर ज्याक्सनले मुख्य भूमिका निर्वाह गरेका छन् । यो फिल्मले घरेलुस्तरमा ९ करोड ७० लाख डलर र अन्तर्राष्ट्रियस्तरमा १२ करोड ४ लाख डलर (कुल २१ करोड ७० लाख डलर) कमाएर २०२३ मा ओपेनहाइमरले रिलिज भएको पहिलो सप्ताहन्तमा कमाएको १८ करोड ४ लाख डलरको कलेक्सनलाई उछिनेको छ ।
फिल्मलाई आलोचकहरूले कमजोर प्रतिक्रिया दिएका छन् । रोटन टोमेटोजमा यसको आलोचक स्कोर ३८ प्रतिशत मात्र छ । तर दर्शकहरू अत्यन्त उत्साहित देखिएका छन् । जहाँ दर्शक स्कोर ९७ प्रतिशत छ । यसले फिल्मप्रति जनस्तरमा ठुलो आकर्षण रहेको देखाउँछ । तर फिल्म विवादबाट मुक्त छैन । ज्याक्सनको जीवनसँग जोडिएका यौन दुर्व्यवहारका आरोपहरूलाई कम स्थान दिइएको भन्दै आलोचना भएको छ । साथै, उत्पादन प्रक्रियामा पनि ठुलो समस्या आएको थियो, विशेषगरी जोर्डन चान्डलरसम्बन्धी सामग्री कानुनी कारणले हटाउनुपरेपछि करिब ५ करोड डलर खर्चेर पुनः छायांकन गरिएको थियो ।
निर्देशक एन्टोनी फुक्वाले अन्ततः १९८८ सम्मको कथालाई मात्रै समेटेर पुनः छायांकन गरे । फिल्मको लागत करिब २० करोड डलर पुगेको थियो । तर यसको सफल ओपनिङले लगानी सुरक्षित त गर्यो नै, अर्को सिक्वेलको सम्भावनासमेत खोलेको छ । निर्माता कम्पनी लायन्सगेटले अन्तर्राष्ट्रिय वितरण अधिकार युनिभर्सल पिक्चर्सलाई बिक्री गरेर जोखिम कम गरेको थियो । माइकलको सफलतापछि सिक्वेल निर्माणको तयारी अघि बढाइएको खबर आइरहेको छ । फिल्म तेस्रो भागसम्म पनि जाने सम्भावना निर्माण पक्षले अस्वीकार गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण