‘राम नाम सत्य’ र ‘पहाड’ले कति कमाए ?
काठमाडौं । प्रदर्शनरत २ फिल्म; ‘राम नाम सत्य’ र ‘पहाड’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई फिल्ममध्ये ‘राम नाम सत्य’ कमाइको मामिलामा अगाडि देखिएको छ । यस फिल्मले वैशाख १२ गते (शनिबार)सम्म ३ करोडको आँकडा पार गरेको छ । बोर्डले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले ३ करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस व्यापार गरेको छ । फिल्मको यो अवधिमा १ लाख १७ हजार ५६४ वटा टिकट बिक्री भएका छन् ।
नयाँ वर्षको अवसर पारेर गत चैत्र २७ गतेबाट प्रदर्शनमा आएको फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्कीलगायत कलाकारको अभिनय छ । फिल्मको निर्देशन माइकल चन्दले पनर्देशन गरेका हुन् ।
त्यस्तै नयाँ वर्षको दिन पारेर वैशाख १ गतेबाट प्रदर्शन भएको ‘पहाड’को आम्दानी भने कमजोर देखिएको छ । सार्वजनिक तथ्याङ्कमा फिल्मको आम्दानी ६१ लाख ७७ हजार २६२ रुपैयाँ ग्रस रहेको छ । यो अवधिमा फिल्मका १९ हजार ५३९ वटा टिकट बिक्री भएका छन् । यस फिल्मले प्रदर्शनको ५ दिनमा भने ४६ लाख ७३ हजार ६३७ रुपैयाँ ग्रस व्यापार गरेको थियो ।
तुलसी घिमिरेको निर्देशित यस फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ । फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारले उपहार दिएको बोइङ विमान अब ‘एयर फोर्स वान’, राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण